काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न माओवादी केन्द्रले ह्वीप जारी गरेको छ।
प्रमुख सचेतक हितराज पाण्डेले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मतदानका लागि ह्वीप जारी गरिएको बताए।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्। तीमध्ये वर्षमान पुन अस्पतालमा उपचाररत छन्।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले पनि सभामुखमा घिमिरेलाईनै मत दिने भएको छ।