काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो ।
प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल भएको जसपाले विश्वासको मतसमेत दिएको थियो । बिहीबार संसद्लाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई समर्थन गर्ने बताए ।