तराईको शितलहरमा लायन्स क्लबको न्यानो वितरण अभियान

- दियोपोस्ट  

काठमाडौं । तराईका जिल्लाहरुमा शितलहरको प्रभाव बढिरहेको छ । सरकारले जनतालाई दाउरा वितरण गरेर भएपनि चिसो तथा शितलहरको प्रभाव कम गर्ने प्रयत्न गरेपनि प्रभावकारी बन्न सकेको छैन । यस्तैमा एक संस्थाले भने न्यानो कपडा वितरण गरेको छ ।
विहिबार लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक ‘३२५ एच’ अन्तर्गत लायन्स क्लब काठमाडौं समृद्धि र लायन्स क्लब काठमाडौं सारंगको संयुक्त आयेजनामा रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नमबर १ र ६ का विभिन्न टोलमा न्यानो कपडा वितरण भएको हो । उनीहरुले न्यानो विचरण २०७९ अभियान नै संचालन गरेका छन् । सर्लाही जिल्लाको खार्वाबौहर्वा लगायत टोलमा समेत न्यानो वितरण भएको पिएमजेएफ लायन शम्भु बहादुर थापाले दियोपोस्टलाई जानकारी दिए ।