काठमाडौं । राजधानीको लाजिम्पाट क्षेत्र भिआइपी क्षेत्रको रुपमा हेरिन्छ । विभिन्न राजदूतावास, ठूला होटल मात्रै होइन लाजिम्पाट नजिकै बालुवाटारमा प्रधानमन्त्री निवास समेत छ । तर, यही क्षेत्रका जनता भने एउटा सुपरमार्केटका कारण हैरानीमा परेका छन् । लाजिम्पाटमा विगमार्ट नामक सुपरमार्केटले दुर्गन्ध फैलाएपछि स्थानियबासी हैरान परेका छन् । लाजिम्पाटमा रहेको विगमार्टले शौचालय व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको हो ।
सर्वसाधरणको घर आसपासमा विगमार्टबाट निस्किएको दिसा नै दुर्गन्धको कारण बनेको एक स्थानियले बताए ।
लाजिम्पाटस्थित विगमार्टको फोन नम्बरमा प्रतिक्रिया लिनका लागि पटक पटक फोन गर्दा पनि फोन उठेन