नवनिर्वाचित सभामुख घिमिरेले लिए राष्ट्रपतिबाट शपथ

दियो पोस्ट  

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।