काठमाडौं । क्रसर बालुवा माफियासँग मिलेमतो गरि नदिजन्य पदार्थ उत्खनन् कार्यमा सेटिङ मिलाएको भन्दै एक सिडिओ विरुद्ध गृहमन्त्रालयमा उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल विरुद्ध मन्त्रालयमा उजुरी परेको हो ।
‘उहाँ विरुद्ध व्यापक गुनासो र उजुरी छ । खासगरि बालुवा तस्करहरुसँग मिलेमतो गरि नदिजन्य पदार्थ दोहनमा सहयोगी भूमिका निभाएको आरोप छ,’ गृहमन्त्रालय स्रोत भन्छ,‘त्यसैकारण उहाँलाई काजमा सरुवा गरिएको छ । बाँकी छानबीन चलिरहेको छ ।’
उनलाई धादिङबाट सरुवा गरेर जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खटाइएको गृहमन्त्रालयका अधिकारीले जानकारी दिए ।
उनले धादिङको त्रिशुली नदि दोहनमा व्यापक सेटिङ मिलाएका थिए । केहीदिन अघि गृहमन्त्री रवी लामिछानेले क्रसर तथा बालुवा प्रशोधन केन्द्रहरु एकै साथ बन्द गर्ने सर्कुलर गरेका थिए ।
लम्सालले केही क्रसर व्यापारीसँग आर्थिक लाभ लिएर खुला गराएको आरोप छ । केहीदिन अघि सिद्धलेक गाउँपालिकाले अवैध बालुवा खानी उत्खनन् गर्न रोकी पाउँ भन्दै निवेदन नै दिँदा समेत केही दिन बन्द गराएर प्रमुख जिल्ला अधिकारी लम्सालले सेटिङमै खुलाएका थिए ।