प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन, ‘अब अर्काे श्रद्धाञ्जली मेरा लागि नहोस्’

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।

माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।

आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्।
आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

सिफारिस