सरकारले भन्यो– प्रेम आचार्यले गम्भीर विषय उठाएर जानुभयो, छानबिन हुन्छ

दियो पोस्ट  

काठमाडौं । सरकारले आत्मदाह गरेका इलामका व्यवसायी गरेका प्रेमप्रसाद आचार्यले गम्भीर विषय उठाएको भन्दै त्यस विषयमा छानबिन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि गृह मन्त्रालयले छानबिन गरेर प्रतिवेदन बुझाउने बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

‘उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको थियो। गृह मन्त्रालयले नै तदारुकताका साथ त्यसको अध्ययन गरेर घटनाको छानबिन गर्ने र सत्यतथ्य बाहिर आएपछि सोहीअनुसार सरकारले कदम चाल्ने भन्ने निर्णय गरेको छ,’ उनले भने, ‘आज नै गृह मन्त्रालयले तदरुकताका साथ अगाडि बढाउने छ। छानबिनपछि उहाँले भन्नुभएको विषयमा आवश्यक कारबाही गर्ने निर्णय भएको छ।’

आचार्यले मंगलबार बानेश्वरको संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको थियो ।