Interview with Dr. Shekhar Koirala, Leader of Nepali Congress in Anamnagar, Kathmandu on Thursday. Photo: Balkrishna Thapa/ THT
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन्।
कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको उनले बताए।
राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै कोइरालाले पार्टीले आफ्नो उम्मेदवार दिने बताए।
‘राष्ट्रपति चुनावमा कांग्रेसले उम्मेदवारी दिन्छ। अन्य दलसँग पनि यसबारे छफलफल भइरहेको छ,’ विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग उनले भने।
कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ। कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा संसदमा छ।
रासस