एकीकृत समाजवादीमा महासचिवको जिम्मेवारी घनश्याम भूसाललाई

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो । यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ ।

चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ ।