बन्द प्रशिक्षणका लागि छानिए २८ खेलाडी, सन्दीप परेनन्

दियो पोस्ट  

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करन केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी छन् ।

यस्तै, विनोद भण्डारी, सागर ढकाल, सुन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनास बोहरा, सुर्य तामाङ, विवेक यादव, भीम सार्की छन् ।

यसैगरी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा परेका छन् ।