काठमाडौं । आइतबार काठमाडौँ महानगरपालिकाविरुद्ध उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संगठनहरुले प्रदर्शन गरेका छन् । माइतीघरमा जम्मा भएर महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
कुनै समय मेयर साहका सहयात्री रहेका सुमन सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाए । महानगरका मेयर बालेन शाहले जवाफदेहिता बिना काम गरेको सायमीको भनाई छ ।