राजीनामा दिएको ४८ घण्टा नपुग्दै रवि लामिछाने बने पुनः रास्वपाको सभापति
दियो पोस्ट
आइतबार, माघ १५, २०७९ | १७:००:३७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिइएको हो ।