काठमाडौं । सूचनालाई नियन्त्रण गर्ने गरी ‘सूचना वर्गीकरण’ गर्ने निर्णयबाट सरकार पछि हटेको छ। सोमबार नेपाल पत्रकार महासंघ लगायत सूचनाको हकका क्षेत्रमा कार्यरत सरोकारवालासँगको छलफलपछि सरकारले सूचना गोप्य राख्ने कार्य हाललाई स्थगित गर्ने संकेत गरेको हो।
सोमबार सरोकारवाला सँगको छलफलमा मुख्यसचिव शंकरदास बैरागीले सूचना वर्गीकरणको निर्णय कार्यान्वयन नहुने प्रतिबद्धता जनाए।
मुख्यसचिव बैरागी नेतृत्वको सूचनाको वर्गीकरणसम्बन्धी समितिले ७८ प्रकारका सूचनाहरु गोप्य रहने गरी वर्गीकरण गर्ने निर्णय गरेको थियो। जसबारे पुस २९ गते राष्ट्रिय सूचना आयोगलाई समेत जानकारी गराइएको थियो।
सोमबार सरोकारवालाहरुसँगको छलफलपछि सरकार सूचना गोप्य राख्ने निर्णयबाट पछि हटेको हो।