काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर काठमाडौंको अव्यवस्थित बसोबासी (सुकुम्बासी) समस्याको समाधान गर्न सहयोग मागेका छन्।
सोमबार बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका मेयर शाहले सुकुम्बासीको समस्या महानगरपालिकाको तहबाट मात्रै समाधान नहुने भएकाले संघीय सरकारको सहयोग मागेका हुन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी समस्या जटिल भए पनि समाधान गर्नुपर्ने र त्यसका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका छन्।
सुकुम्बासी समस्या समाधानका लागि भन्दै मेयर शाहले यसअघि तत्काली प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए। यस्तै, केही दिन अगाडि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पनि भेट गरेका थिए।