‘सकेसम्म सत्ता गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ’

दियो पोस्ट  

काठमाडों । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सत्ता साझेदारी नटुटोस् भन्ने कोसिस गरिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए सत्ताबाट बाहिरिने संकेत गरेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो।

माओवादी केन्द्रको पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै उनले सकेसम्म इंगेज भइराख्नेमा जोड रहेको बताए।
‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ,’ उनले भने ।