दीपकराज गिरीको व्यङ्ग्य : जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?

दियो पोस्ट  

कलाकार दीपक राज गिरी समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर छन् । देशको राजनीतिकदेखि प्राय सबै विषयमा उनले गर्ने टिप्पणी चोटिलो हुने गर्छ ।

मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् । उनले ‘जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न उठाएका छन् । उनले भोगी भनेर कसलाई भन्न खोजेको हो त्यो भने खुलाएको छैनन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ? ।