काठमाडौँ, पुष १७ । धादिङ जीप दुर्घटनामा घाईते भएका ११ जनालाई काठमाडौँ ल्याइएको छ । मंगलबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ जलजलेमा ना १ ज ७३९० नम्बरको जीप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा १३ जना घाइते भएका थिए ।
दुर्घटनास्थल सदरमुकाम धादिङबाट करिब ढेड घण्टाको दुरीमा भएतापनि उद्धारमा पने सामान्य ढिलाई भएको थियो । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयका अनुसार दुर्घटनापश्चात समिट एयरको हेलिकप्टरबाट २ जना घाईते धादिङबेसी ल्याइएको थियो । उद्धारको लागि उक्त हेलिकप्टर जान नमानेपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टर मगाइएको थियो । त्यसैकारण उद्धारमा केही ढिला भएको हो ।
घाइतेमध्य ११ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ भने बाँकी २ जनाको अवस्था सामान्य रहेका कारण स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।
कोको घाइते भए
दुर्घटनामा परि घाईते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ का बर्ष ३६ की बिमला परियार,नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३६ बर्षका बाबुरामप्रसाद रिजाल,खनियाबास गाउँपालिका वडा नम्बर ४ का २० बर्षका शिल्पा तामाङ,सोही ठाउँका २० बर्षका शंकर तामाङ,नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का २४ बर्षका कपिल खनाल,रुवीभ्याली गाउँपालिका वडा नम्बर ६ को ५४ बर्षका कुमार लामा रहेका छन् ।
यसै गरी जिल्लाकै रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का २८ बर्षका बुद्धि लामा,रुवीभ्याली गाउँपालिका वडा नम्बर ६ का बर्ष २८ का दुलाल तामाङ र खनियावास गाउँपालिका वडा नम्बर ४ का ३४ बर्र्षीय लिलाकुमारी तामाङ,रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ बस्ने का २४ बर्र्षीया मुन्डी तामाङ, सोहि स्थानको बर्ष २४ कि रेसा तामाङ,रेसा तामाङ को छोरा बर्ष ५ को श्याम तामाङ र सोहि स्थान बस्ने बर्ष ४० कि शुसी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेको कारण उक्त यात्रुबाहक जीप दुर्घटनामा परेको हो । धादिङका ग्रामिण भेगका कतिपय रुटहरुमा बाटोको बिचार नगरि सकेसम्म धेरै यात्रु चढाउने गरिन्छ ।