काठमाडौं, पुस १९ । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले सपथ लिने भएका छन् । उनले सभामुख कृष्णबहादुर महराबाट सपथ लिने भएका हुन्।
चौधरी पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम दिउँसो ३ बजे हुनेछ ।
टीकापुर घटनामा मुख्य अभियुक्त ठहरिएर थुनामा रहेका चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाउन लागिएको हो ।
डिल्लिबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरी संसद भवनमा भने जान नपाउने भएका छन् । सांसद पदको सपथ खुवाईएपनि उनलाई कारागारमै लैजाने स्रोतको दाबी छ ।
कैलाली १ बाट सभासद पथमा निर्वाचित भएका उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । जिल्ला अदालतमा मुद्दा परेपछि फरार भएका राष्ट्रिय जनता पार्टी (राजपा) का नेता समेत रहेका उनलाई पक्राउ गरी डिल्लिबजार कारागारमा राखिएको थियो ।
यस्तै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीकै आदेशमा आफुले सपथ खुवाउन तयार भएको बताएका छन् ।
उनले प्रधानमन्त्री र राजपाका नेताहरुले भनेपछि सपथ ग्रहण गराउन लागिएको बताए ।