सरकारी सम्पतिमा रजाईं,अधिकांश नेताका पिए भाई, भतिजा, छोरी र छोरा (सुचीसहित)

Diyo post  


काठमाडौं, २० पुुस । शुक्रबार नयाँ पत्रिका दैनिकले राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता स् पिए राख्न सालासाली र भाइभतिजा शीर्षकमा बनाएको मुख्य समाचारको चर्चा यतिखेर चुलिएको छ ।

आफ्नै भाइ भतिजा सालासाली, ज्वाईंदेखि छोराछोरीसम्म पिए राख्नेमा चर्चित राजनीकि अनुहारसमेत छन् । सामान्य सांसदहरुले मात्र नातावाद देखाएका छ्रैनन् ।

राजनीतिमा चर्चा बटुलेका रामकुमार झाँक्री, टोपबहादुर रायमाझीदेखि ज्ञानेन्द्र बहादुर कार्कीसम्मका छन् । यो दल उदल भन्ने नै छ्रैनन् । यस्तो सूचीमा सबै दलका नेताहरु अटाएका छन् ।

यी हुन् चर्चित अनुहार

कांग्रेस : ज्ञानेन्द्रबहादुर कार्की, पिए भान्जा भीष्म बस्नेत
कांग्रेस : चित्रलेखा यादव, पिए छोरी अनिता यादव
कांग्रेस : अमरेशकुमार सिह, पिए छोरा नविनकुमार सिंह
राजपा : अनिलकुमार झा, पिए भतिजा उज्जवल झा
राजपा : लक्ष्मणलाल कर्ण, पिए छोरा सुशीलकुमार कर्ण
नेकपा : सुरेन्द्र पाण्डे, पिए भतिज सञ्जीव पाण्डे
नेकपा : पम्फा भुसाल, पिए बहिनी मिरा भुसाल
नेकपा : देवेन्द्र पौडेल, पिए भतिज राजन पौडेल
नेकपा : रामकुमार झाक्री, पिए भदै आशा झाँक्रीमगर
नेकपा : टोपबहादुर रायमाझी, पिए भतिज केशव रायमाझी
कांग्रेस : मानबहादुर विश्वकर्मा, पिए छोरी निर्मला विक
नेकपा : चक्रपाणि खनाल, पिए भतिज सरोज खनाल
कांग्रेस : पार्वती डिसी चौधरी, पिए छोरी भूमिका चौधरी
नेकपा : ओनसरी घर्ती, पिए छोरी सुनकुमारी घर्ती
नेकपा : जयपुरी घर्ती, पिए भतिजी भृकुटी रोकामगर
कांग्रेस : संजय गौतम, पिए विशेष गौतम
नेकपा : सत्या पहाडी, पिए भदै अञ्जना पहाडी

सम्बन्धित खबर