वैदेशीक रोजगार व्यवसायी संघका पुर्वअध्यक्ष तामाङ विरुद्ध करछलीको मुद्धा, साढे १९ करोड विगो दावि

Diyo post  

काठमाडौँ, पुष २० । वैदेशीक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष बलबहादुर तामाङविरुद्ध राजस्व छलीको मुद्धा दायर भएको छ । राजस्व अनुसन्धान विभागले स्काई ओभर्सिज सर्भिसेज प्रालीका संचालकसमेत रहेका तामाङले वैदेशीक रोजगारमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त हुने करयोग्य आम्दानी लुकाई राजस्व छली गरेको भन्दै मुद्धा दायर गरेको हो । विभागले दायर गरेको मुद्धामा राजस्व छली कसुरमा १९ करोड ५७ लाख ४३ हजार विगो जरीवाना र ३ बर्ष कैद दावी गरेको छ ।

विभागले राजस्व चुहावटको कसुरमा अनुसन्धान गर्दा उनको बैँक खाताको विवरण, विभिन्न कागजातहरुको अध्ययन तथा विश्लेषण गरेपछि उनले कर नतिरेको पुष्टि भएको हो । उनको ब्यक्तिगत खातामा विभिन्न देशबाट आम्दानीयोग्य रकम जम्मा भएको तर सरकारलाई तिर्नुपर्ने करभने नतिरेको भन्दै विभागले जिल्ला अदालत काठमाडौँमा उनिविरुद्ध मुद्धा दायर गरेको हो ।

विभागले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६÷०६७ देखि २०७३÷०७४ सम्मजम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले जनाएको छ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ४ (क) र (खं)बमोजिमको कसुर गरेको देखिएकाले आयकर ऐन, २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१ं) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा २ (ख) बमोजिम शुल्क,दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुने जम्मा ६ करोड ५२ लाख ४७ हजार ८५७ रुपैयाँ राजस्व चुहावट गरेको जनाएको छ। सो रकम बिगो कायम गरी विभागले तामाङबाट बिगो बापतको रकम असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बर सम्म जरिवाना र तीन वर्ष सम्म कैद सजाय मागदावी गरी काठमाण्डौ जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।

सम्बन्धित खबर