हुुन्डीको जालो : किन हुन्छ हुन्डी कारोबार ?

दियो पोस्ट  

काठमाडौं, माघ २ । कारोबार हुने गरेको पुष्टि भयो। यो अपरेसन सफल बनाउन प्रहरी आफैँ हुण्डीबाट २ लाख रुपैयाँ पठाउन पुगेका थिए। कारोबारीले हुन्डी गरेबापत १ लाख रुपैयाँको ५ हजार रुपैयाँ कमिसन लिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो।

२०७४ पुसमा पनि विराटनगरबाट ३६ लाख रुपैयाँसहित चार जना पक्राउ परेका थिए। विराटनगर–७ का सुदर्शन साह, विराटनगर–११ का निरन्जनकुमार साह, सोराभाग–८ का सन्तोषकुमार रौनियार र विराटनगर–१७ का साकिब आलम समातिएका थिए।

प्रहरीका अनुसार विराटनगर–११ स्थित कन्हैया गुप्ताको घरमा भाडामा लिएको कोठामा कार्यालय नै खडा गरेर उनीहरू हुन्डी चलाउँथे। प्रहरीले हुन्डी कारोबारीमाथि बैंक तथा वित्तीय अपराध र संगठित अपराधमा मुद्दा चलाउने गरेको छ। बरामद रकम राजस्व अनुसन्धान विभागमा पठाइन्छ। हुन्डी कारोबारमा संलग्नमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७२ अनुसार कारबाही हुने व्यवस्था छ। आरोप प्रमाणित भएमा बरामद रकमको तीन गुणासम्म बिगो र पाँच वर्ष जेल सजाय हुन सक्छ।

किन हुन्छ हुन्डी कारोबार ?

नेपालमा अहिलेसम्म औपचारिक र अनौपचारिक गरी दुई तरिकाले रकम भित्रिन्छ। अनौपचारिक या अवैधरूपमा भित्रिने रकम हुन्डी हो। अन्तरदेश कारोबारको अवैध विधि हो यो। दुवै देशमा सम्पर्क व्यक्ति तोकेर यो कारोबार गरिन्छ। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन हुन्डीको त्यहाँको एजेन्टले नेपालको एजेन्टलाई खबर पठाउँछ। कोरियाको एजेन्टलाई पैसा दिएपछि नेपालको एजेन्टले सम्बन्धित व्यक्तिलाई पैसा दिन्छ। यसवापत एजेन्टहरूले निश्चित प्रतिशत कमिसन लिन्छन्।

नेपाल राष्ट्र बैंकले विदेशबाट पैसा पठाउन बैंकिङ च्यानलबाट रेमिट्यान्सको व्यवस्था गरेको छ। बैंकिङ च्यानल छलेर दलालमार्फत पैसा पठाउनु हुन्डी कारोबार हो। कम शुल्कको लोभमा मानिसहरू रेमिट्यान्स भन्दा हुन्डी रोज्छन्। हुन्डीबाट पठाउँदा पैसाको स्रोत खुलाउनुपर्दैन।

हुन्डी नियन्त्रण गर्न नसके यसले अर्थतन्त्रमा त असर पार्छ नै अपराध पनि बढाउने एसपी सिंह बताउँछन्। ‘नेपालबाट विभिन्न समयमा विदेश लैजान लागिएको लागुऔषध बरामद हुन्छन्। विदेश पुर्‍याइएका लागुऔषधको पैसा नेपालमा अवैध बाटोबाटै आउँछ’, सिंह भन्छन्, ‘त्यहीकारण हुन्डीलाई नियन्त्रण गर्ने अभियानमा हामी लागेका छौँ। हुन्डीको अवैध कारोबारले सुन तस्करी, लागुऔषध, हतियार र अन्य अपराधि गतिविधि हुने गरेको पाइन्छ।’

हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुनसक्ने भन्दै प्रहरीका निकाय क्रियाशील भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्।
आजको अन्नपूर्णपोष्ट दैनिकबाट

सम्बन्धित खबर