काठमाडौं, माघ २ । नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तराष्ट्रिय खोजपत्रकारिताले गर्ने भएको छ। नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयाँभन्दा बढि रकम विदेशी बैंकमा रहेको र त्यसमा संलग्नहरुको नाम खुलासा हुने खोजपत्रकारिता केन्द्र नेपालले ट्विटमार्फत जानकारी दिएको छ।
पनामा पेपर्स, स्विस लिक्स र अन्तर्राष्ट्रिय खोजपत्रकारिता समूह ९आईसीआईजे० मार्फत यसको खोजी गरिएको हो। नेपालबाट अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेकाहरुको नामसहित सबै विवरण बाहिर ल्याउने तयारी यसले जनाएको छ।
पचासभन्दा बढि नेपाली व्यापारी र राजनीतिज्ञ लगायत को नाम रहेको आशंका व्यक्त गरिएको छ। नेपाल ट्याक्स हेभन लिङ्स भनिएको छ। यसको खुलासामा भने ‘नेपालिक्स’ नामाकरण गरिएको छ।
पनामा पेपर्स, स्विस लिक्स र अन्तराष्ट्रिय खोजपत्रकारिता समुह ९आईसीआईजे०को अनुसन्धानमा खोजपत्रकारिता केन्द्र नेपालको पनि सहकार्य रहेको छ। अवैध धनको ओसार पसार र त्यसले हाम्रो वित्तिय प्रणालीमा असर पार्ने विषय यसमा उजागर गरिएको जनाइएको छ। यो वित्तिय अपराधको सबैभन्दा ठूलो खुलासा हुने खोपकेको दाबी छ।
यसअघि पनि पानामा पेपर्सले केही नेपालीहरुको अकुत सम्पत्ति स्विस बैंकमा रहेको खुलासा गरेको थियो। अन्नपूर्णपोष्ट दैनिककबाट