सिमरा गोल्डकपः हिमालयन शेर्पा क्लव सेमिफाइनल प्रवेश

Diyo post  

काठमाडौँ, माघ ७ । हिमालयन शेर्पा क्लब दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बाराको सिमरामा भएको खेलमा नेपाल पुलिस क्लबवलाई २–० ले हराउदै सेमिफाईनलको यात्रा तय गरेको हो । हिमालयन शेर्पालाई जिताउन त्रिदेव गुरुङ्ग र विश्वास श्रेष्ठले १÷१ गोल गरेका हुन् ।

आजको खेल जितेसँगै हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि संकटा र थ्री स्टारमध्ये एक टीमसँग खेल्नेछ । भोलि थ्रीस्टार र संकटा क्लबबीच प्रतिष्पर्धा हुँदै छ ।

सम्बन्धित खबर