स्वास्थ्यमन्त्री नै सरकारसँग असन्तुष्टः डा.केसीसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी

दियो पोस्ट  

काठमाडौं, माघ १० । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् ।

संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए । सरकारले डा। गोविन्द केसीसँग गरेको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ ।

‘आन्दोलन गरेर आएको हुँ । के ठेगान भोलि फेरि आन्दोलनमा जानुपर्ने हो रु’ उनले भने ‘डा। गोविन्द केसीसँग गरिएको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ । चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्छ । ’ डा। केसीको १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र उनीबीच सम्झौता भएको थियो । अन्नपूर्णपोष्ट दैनिकबाट

सम्बन्धित खबर