प्रतिपक्षको ठेलमठेल र घेराउका बिच वहुमतबाट पास भयो चिकित्सा शिक्षा विधेयक

Diyo post  

काठमाडौँ, माघ ११ । प्रमुख प्रतिपक्षी तल नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरिरहँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विधेयक प्रस्तुत गरेसँगै सभामुख कृष्णबहादुर महराले बहुमतले पारित गराएका हुन् ।

कांग्रेस सांसदहरुले विधेयक प्रस्तुत गर्न नदिन रोष्टममा जान नदिएपनि शिक्षा मन्त्री पोखरेल जबरजस्ती रोष्टममा उक्लिएका थिए । बैठकमा कांग्रेसका सांसदहरुले सरकार विरोधी नारा लगाउन थालेपछि सभामुख महराले संसदीय प्रक्रियामा आउन पटक–पटक आग्रह गरेका थिए ।

बैठकको सुरुमै कांग्रेस सांसद पुष्पा भुषालले सरकारले पेलेर अघि बढ्न खोजे आफुहरु पनि चुप नबस्ने बताएकी थिईन् । विधेयकलाई बहुमतले पारित गरेसँगै कांग्रेसका सांसदहरुले सत्तारुढ दल र सरकार विरोधी नाराबाजी गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यहि माघ १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित खबर