प्रधानमन्त्री ओली स्वदेश फिर्ता, कालो झण्डा देखाउने नेविसंघका ४ कार्यकर्ता पक्राउ

दियो पोस्ट  

काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको भ्रमण सक्याएर स्वदेश फर्किएका छन् । स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले सबैले आ–आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् ।

शनिबार विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान, कानून र संस्थाहरुभन्दा माथि कोही पनि नरहेको बताए ।

प्रधानमन्त्री ओलीले डा. केसीप्रति लक्षित गर्दै आवेश र उत्तेजनामा नआई देशको हितमा सोच्नुपर्ने बताए ।

सञ्चारकर्मीले डा. केसीको मागका विषयमा दोर्होयाएर प्रश्न गर्दा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ ।’

नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको विषयमा जारी गरेको वक्तव्यका विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफु भर्खर आएको र यसबारेमा बुझ्ने बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने नेपाल विद्यार्थी संघका ४ कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे र सुदीप अधिकारी रहेका रहेका छन् ।