गल्ती ढाकछोप गर्न मेयर विद्या सुन्दरको काईदा : समाचार खरिद गर्न मासिक २० हजार रुपैयाँ !

Diyo post  

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा समाचा नै खरिद गर्ने गरेको घटना निकै कम सुनिन्छ । तर, यतिखेर समाचार नै खरिद गरेर आफ्ना गल्ती ढाकछोप गर्ने काममा काठमाडौं महानगरपालिका लागेको कर्मचारी स्रोत बताउँछ ।


काठमाडौं महानगरपालिकाले आफ्ना विरुद्ध समाचार लेख्नेलाई महानगर दिवसको अवसरमा ५० हजारका दरले १० जना पत्रकारहरुलाई पुरस्कार दियो । गत वर्ष चाहीँ १५ हजार पुरस्कार काठमाडौं महानगरपालिका दिँदा नलिने कान्तिपुर दैनिकका दीपेन्द्र विष्टले ५० हजार पाएपछि लिए ।


त्यस्तै अन्नपूर्ण पोस्टबाट पनि कहिल्यै महानगरपालिकाको समाचार नलेख्ने छेटु शेर्पाले ५० हजार हात पारे भने नागरिक दैनिक, अनलाईन खवर लगायतकालाई विरोधमा समाचार लेखेकै कारण उनीहरुलाई फकाउने गरी पुरस्कार दिइएको आरोप केही इमान्दार कर्मचारीहरुको छ । त्यसो गरेपछि विगतमा महानगरको समाचार लेख्नेहरु समाचार पत्रका ईश्वर ढकाल हुन् वा अन्नपूर्ण दैनिककै सुवास गोतामे, गोपीकृष्ण ढुङ्गानाहरु रिसाउनु रिसाए काठमाडौं महानगर पालिकासँग ।


पछिल्लो समयमा महानगर पालिकाको विपक्षमा समाचारहरु धमाधम आउन थालेपछि महानगरपालिकाले विज्ञापन दिने होइन । समर्थनमा समाचार लेख्ने सर्तसहितको सम्झौतापत्रमा हस्ताक्षर गराएर रकम बाँढ्न थालेको खबर सोमबारको साँघु साप्ताहिकमा छ ।

पुरस्कृत गरिएका १० सञ्चार माध्यम बाहेक चक्रपथ, खरिबोट, भिजन नेपाललगायत अनलाईनलाई समर्थनमा समाचार (पेडन्युज) लेख्नेगरी मासिक २० हजारसम्म उपलब्ध गराउँदै आएको कर्मचारी स्रोत बताउँछ ।

सम्बन्धित खबर