काठमाडौँ, माघ १४ । युएइविद्धको तेस्रो एकिदिवसिय क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ । नेपालका विजयका लागि कप्तान पारस खड्काले शतक पार गरेका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालले युएइद्धारा दिएको २ सय ५५ रनको लक्ष्य ४४ ओभर ४ बल खेल्दै ६ विकेटको क्षतिमा भेट्टाएको हो । यो सँगै युएइविरुद्धको एक दिवसिय सिरिजमा नेपालले दुई खेल जित्दै जित हाँसिल गरेको छ ।
नेपालको जितका लागि कप्तान पारस खड्काले अविजित १ सय १५ रनको योगदान गरे । उनले १ सय नौ बल खेल्दै १५ चौका प्रहार गरेका थिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौका हिर्काउँदै ३१ रन बनाए । पारसको विकेटपछि आएका सोमपाल कामीले २५ बल खेल्दै १ छक्का र ३ चौकाको माध्यमबाट २६ रन बनाए । त्यस्तै आरिफ शेखले २१ रन बनाए, दिपेन्द्र सिं ऐरि र विनोद भण्डारीले क्रमश ६ र ९ रनमात्र बनाए ।
युएइका लागि अस्फाख अहमद र इमरन हेइडरले समान २–२ विकेट लिए । त्यस्तै मोहम्मद नाभिद र कादर अहमदले एकएक विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको युएइले पुरा ५० ओभर खेल्दै २ सय ५४ रन बनाएको थियो । युएइका लागि सेइमन अनवरले सर्वाधिक ८७ रन बनाएका थिए । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।
यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।
आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।
नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
जीतसंगै युएइविरुद्धको एकदिवसिय सिरिज नेपालले जितेको छ । यसअघि पहिलो खेल हारेपनि लगातार दोस्रो र तेस्रो खेलमा विजयी भएको हो । युएइविरुद्ध नै नेपालले टी–ट्वान्टी सिरिज समेत खेल्दै छ ।