काठमाडौँ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई सरुवा भएको स्थानमा जान १२ घण्टे अल्टिमेटम दिए पछि सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन् । एसपी मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
एसपी मल्लको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो ।
मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ ।
बुधबार मात्रै ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्ललाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।