विवादित पूर्वसांसद ल्हारक्याल लामाको सुरक्षामा सइको कमाण्डमा अवैध पिएसओ खटाइएको खुलाशा !

diyopost.com
दियो पोस्ट  बुधबार, पौष २१, २०७८ | ०:३८:४८

काठमाडौं । भिक्षु र राजनीतिको नाममा छद्म धन्दा गर्दै आएका विवादास्पद पूर्व सांसद ल्हार्क्याल लामालाई सरकारले मापदण्ड विपरित सुरक्षा कर्मी दिएको पाइएको छ ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा सम्बन्धी कार्याविधि, २०७७ विपरित लामालाई गृहमन्त्रालयले १ जना प्रहरी सहायक निरिक्षक सइको कमाण्डमा २ जना प्रहरीको सुरक्षा गार्ड उपलब्ध गराएको हो ।

यसअघिको सरकारले लामा सहित विभिन्न व्यक्तिको सुरक्षामा खटिएका मापदण्ड विपरितका सुरक्षाकर्मी फिर्ता ल्याएको थियो । तर, नयाँ सरकारले उनलाई फेरी एक जना सइ र अर्का असइ गरि २ जना सुरक्षागार्ड उपलब्ध गराएको पाइएको हो ।

विभिन्न ‘शंकाष्पद’ धन्दामा समलग्न विवादास्पद सांसद लामा २०६७ सालमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वको सरकारमा अर्थराज्य मन्त्री थिए । २०७० सालमा भने उनले तत्कालिन एमाओवादीलाई रिझाएर सांसद पद पड्काएका थिए ।

लामालाई अवैध रुपमा पिएसओ दिएको विषयमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सम्पर्क गर्दा उनले आफू यस विषयमा नबोल्ने भन्दै प्रवक्ता तर्फ देखाउँदै पञ्छिए ।

गृहप्रवक्ता प्रदिप कुमार कोइरालाले लामालाई सुरक्षा थ्रेटको हिसाबले सुरक्षा दिएको बताए ।

‘सुरक्षाकर्मी राख्ने भन्ने विषय एउटा भिआइपीको कारणले हुन्छ । अर्को सुरक्षा थ्रेट एनालाइसिसको कारण हुन्छ,’ उहाँलाई कसरी दिइयो त्यो त फाइल नै हेर्नुपर्छ । तर, सामान्यतया ती दुई अवस्थामा सुरक्षाकर्मी दिइन्छ । त्यही मध्ये कुनैबाट उहाँले पाउनु भएको होला ।’

सम्बन्धित खबर