नारायणहिटी राजदरबारमा बतासलाई भित्र्याउने भेष नारायण दाहालले दिए राजिनामा !

diyopost.com
दियो पोस्ट  मंगलबार, पौष २७, २०७८ | १७:४४:०२

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय भित्र बतास समुहलाई भित्र्याएर रेष्टुरेन्ट खोल्न अनुमति दिने नारायणहिटी दरबार संग्राहलयका कार्यकारी निर्देशक भेष नारायण दाहालले राजिनामा दिएका छन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबीन समितिले दाहाललाई दोषी करार गरेको थियो ।

उनको नेतृत्वमा नारायणहिटी दरबार परिसरको जग्गा बतास समुहलाई ठेक्कामा दिइएको भन्दै मन्त्रालयले उनीमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

आज मंगलबार उनले मन्त्रालयमा पुगेर राजिनामा बुझाएका हुन् ।

 

भेष नारायणको ‘छद्मभेष’ : नारायणहिटीमा बतास भित्र्याए, कोमल पोखरीमा छायाँ सेन्टर ठड्याए !

सम्बन्धित खबर