मलेशियामा रोजगारी खोल्ने तयारी, मानव संशाधन मन्त्रीले गरे घोषणा

diyopost.com
दियो पोस्ट  बिहिबार, पौष २९, २०७८ | ९:५२:०५

काठमाडौं । मलेशिया सरकारले नेपालबाट मलेशिया रोजगारी जाने मजदुरका लागि श्रमिक भर्ना प्रक्रिया खोल्ने भएको छ । मलेशियाका मानव संशाधन मन्त्री सेरी साराभनानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सहित स्रोत मुलुकबाट कामदार भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिएका हुन् ।

उनले निकट भविष्यमै नेपालसहित अन्य मुलुकबाट कामदार भर्ना गर्ने प्रक्रिया शुरु हुने र त्यसका लागि विचौलिया र तेस्रो पक्षलाई रकम बुझाउनु नपर्ने बताएका छन् ।

रोजगारदाताले मानव संशाधन मन्त्रालयबाट अनुमति लिएपछि मात्रै नेपालस्थित म्यानपावरहरुका लागि मागपत्र बताउन पाइन्छ । रोजगारदाताले कुन देशिबाट कति कामदार ल्याउने भनेर अनुमति लिनुपर्छ ।

कोरोना महामारी शुरु भएपछि यो प्रक्रिया करिब डेढ वर्षयता ठप्प छ । २०७६ चैत्र पहिलोसातादेखि मलेशियाले नेपालबाट कामदार लान रोक लगाएको थियो । मलेशियाले रोजगारदाताले नै सबै कामदारको खर्च व्यहोर्नुपर्ने नियम ल्याएको छ ।

सम्बन्धित खबर