काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरिक्षक, जवान र कार्यालय सहयोगीका लागि आज (माघ ५ गते) निर्धारण गरेको परिक्षा स्थगित गरेको छ ।
गत मंसिर १० गतेको विज्ञापन अनुसार प्रहरी प्रधान कार्यालयले आज प्रारम्भिक स्वास्थ्य परिक्षण र शारीरिक तन्तुरुस्ती सम्बन्धी परिक्षा तोकेको थियो । तर, कोरोना महामारी फैलिएका कारण प्रहरी प्रधान कार्यालयले परिक्षा स्थगित गरेको हो ।
आगामी माघ १६ गते परिक्षा सम्बन्धी तालिका सार्वजनिक हुने प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी विष्णु कुमार के.सीले जानकारी दिए ।