खेसारीलालको भिडियो बयान : ‘मलाई खान समेत नदिएर राखियो, आयोजकले जनतालाई पैसा फिर्ता गर्नुपर्छ’

diyopost.com
दियो पोस्ट  बुधबार, माघ ०५, २०७८ | १२:५४:४९

काठमाडौं । भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै सुनसरीमा आयोजित बुर्जु महोत्सवमा मंगलबार दर्शकहरुले तोडफोड र आगजानी गरिदिए । उनीहरुले चार स्कोरपिओ जलाइदिए र आयोजकमाथि कुटपीट गरिदिए । कार्यक्रममा सहभागी भएका खेसरीलालले आफूलाई आयोजकले खाना समेत नदिएर बिचल्ली बनाएको बताएका छन् । होटलमा संचारकर्मीसँग प्रतिक्रिया दिाँदै यादवले यस्तो आरोप लगाएका हुन् । आयोजकले आफूलाई गुमराहमा राखेर टिकेट मात्रै बेचेको र टिकट सोबारे आफूलाई जानकारी समेत नदिएको बताए । जनताले काटेको टिकटको पैसा आयोजकले फिर्ता दिनुपर्ने उनले बताएका छन् ।

‘जो नोक्सान भएको छ । त्यसको क्षतिपूर्ति आयोजकले न ब्यहोर्नुपर्छ । किनकी मेरो गल्ती एक प्रतिशत पनि थिएन । म त पट्नाबाट राती निस्किएको थिएँ । र म आएँ । यदि म नआएको भए मेरो गल्ती थियो,’ उनले भने,‘नेपाली जनतामाथि न्याय हुनुपर्छ । म जनताको प्यारो मान्छे हुँ । पुरै जनताको पैसा यीनिहरुले फिर्ता दिनुपर्छ । जनता धेरै मेहनत गरेर आफ्नो छोरालाई हेर्न आएका थिए ।’

उनले आफूमाथि डेढ करोडको नोक्सान भएको समेत बताए ।

 

यादव हिजो ११ बजे महोत्सवमा उपस्थित हुने भनिएको थियो । उनी बिहान ७ बजे आफ्नो टोलीसहित नेपाल प्रवेश गरेका थिए । आयोजकका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए । बिहान ९ बजे उनलाई बिराटनगरको एउटा होटलमा पु¥याइएको थियो । १० बजे उनी कार्यक्रममा जाने तयारी गर्दै गर्दा प्रहरीले होटलमा घेरा हालेर उनलाई जान रोकेको थियो ।

 

बर्जु महोत्सवको आयोजना बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले गरेको थियो ।

यस्तो छ उनको भिडियो बयान

 

सम्बन्धित खबर