अध्यागमन विभाग विमानस्थलका प्रमुख पुष्पराज शाही पक्राउ परेका हुन् ?

diyopost.com
दियो पोस्ट  आइतबार, माघ ०९, २०७८ | १:०४:२९

काठमाडौं । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव पुष्पराज शाही विहिबारदेखि एकाएक सम्पर्क विहिन भए । विभाग प्रमुखले बोक्ने सियुजी नम्बर स्विच अफ थियो । कार्यालयका कर्मचारीलाई समेत उनी कहाँ छन् भन्ने थाहा थिएन । यसैबीच केही स्रोतहरुले उनी पक्राउ परेको खबर दियोपोस्ट डटकमलाई दियो । भिजिट भिषाको आवरण्मा पछिल्लो विमानस्थलको रुट हुँदै अत्याधिक मात्रामा मानव तस्करी बढेको विषयमा दियोपोस्ट डटकम लगायत संचार माध्यममा खबर प्रकाशन भएको थियो । मानव तस्करीमा समलग्न भएको अभियोगमा उनलाई मानव बेच विखन ब्युरोले नियन्त्रणमा लिएर बयान लिएको उच्च सोतको दाबी छ । उनैलाई बयान लिएपछि गृहमन्त्रालयले खाडी मुलुकमा भिजिट भिषा प्रतिबन्ध लगाउँदै शुक्रबार नै विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । तर, शनिबार बेलुका मात्रै सम्पर्कमा आएका अध्यागन विभाग त्रिभुवन विमानस्थलका प्रमुख पुष्पराज शाहीले आफू पक्राउ परेको नभई सुर्खेतस्थित घरमा पुगेको दाबी गरे । ‘मेरो बुवालाई प्यारालाईसिस छ । त्यसकारण म घर गएको हुँ । सुर्खेतको सिडिओलाई सोध्दा पनि हुन्छ,’ उनले दियोपोस्टसँग भने,‘त्यस्तै फोन नलाग्ने ठाउँतिर थिएँ । यता त्यस्तै समुहले पक्राउ गरेको खबर फैलाएछन् ।’
विमानस्थल प्रमुख विदामा जाँदा सामान्यतया कार्यावाहक तोकेर जानुपर्छ । तर, उनले कसैलाई प्रमुख तोकेका छैनन् । यद्धपी विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई भने उनले सुचना अधिकारी लक्ष्मी पाण्डे गौतमलाई कार्यावाहक दिएर विदामा बसेको दाबी गर्छन् । तर पाण्डेलाई शुक्रबार फोन गरेर शाही सर कता हुनुहुन्छ भनी प्रश्न गर्दा ल्याण्ड लाइनमा फोन गर्नुस् कार्यालयमै हुनुहोला नी भन्ने जवाफ दिइन् । आफू विरामी भएर बसेको कारण आफूलाई थाहा नभएको बताईन् ।
विमानस्थल विशेष स्रोतबाट प्राप्त सुचना अनुसार शाही पक्राउ परेका हुन् । उनलाई बयान लिएर छाडिएको उच्च स्रोतको दाबी छ ।

सम्बन्धित खबर