आगो तापेर सुत्दा निस्सासिएर ३ महिने शिशुको मृत्यु २ जना घाइते

diyopost.com
दियो पोस्ट  आइतबार, माघ ०९, २०७८ | १७:५३:०७

काठमाडौं । आगो तापेर घरमा सुतिरहेको अवस्थामा एक बालकको निस्सासिएर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
निस्सासिएर अन्य २ जना गम्भिर घाइते भएका छन् ।

रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्ने गरेका थिए ।

२ वर्षदेखि उक्त घरमा रहेका उनीहरु सामान्य खेती किसानी गर्थे ।

शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थि ए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।

प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो।

 

सम्बन्धित खबर