काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित सुचना अनुसार देशभर रहेको कुल ८ सय ३३ वटा साप्ताहिक, दैनिक, पाक्षिक तथा मासिक पत्रिकाहरुको वर्गिकरण गरेको हो । प्रकाशित सुचना अनुसार मुलधारका दैनिक पत्रिकाहरु अधिकांक क वर्गमा परेका छन् ।
तर, सरकारी मुखपत्र गोरखापत्र दैनिकले भने आवश्यक कागजपत्र नबुझाएको भन्दै वर्गिकरणबाट बञ्चित हुनुपरेको छ ।
त्यस्तै प्रभाव राष्ट्रिय दैनिकको बर्गिकरण स्थगित भएको छ भने ३३ वटा पत्रिका हुबहुमा परेका छन् ।