ओलम्पिया वर्ल्ड स्कुलका मालिक शिरिष खड्का विरुद्ध बैंकिङ कसुरको मुद्दा, म्याद जारी !

diyopost.com
दियो पोस्ट  सोमबार, माघ १७, २०७८ | २१:१९:२७

काठमाडौं । न्यायपरिषदका पूर्वसदस्य लक्ष्मि बहादुर निराला खड्काका छोरा शिरिष खड्का विरुद्ध बैंकिङ कसुरमा म्याद जारी भएको पाइएको छ । राजधानीको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका संचालक समेत रहेका खड्काले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै जयराम पराजुलीलाई चेक दिएका थिए । उनी विरुद्ध उच्च अदालत पाटनले चेक बाउन्समा म्याद जारी गरोके हो ।

२०७६ असोज २९ गते दर्ता भएको यो मुद्दा वाणिज्य सरकारवादी फौजदारी हो । गत शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ईश्वरराज आचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलाशले अभियुक्त विरुद्ध पत्रिकामा सुचना प्रकाशन गर्न आदेश दिएको हो । आदेश अनुसार सोमबार प्रकाशित गोरखापत्रमा उच्च अदालत पाटनले ३० दिने म्याद जारी गरेको हो ।

गत वर्ष माघमा नयाँ पत्रिका राष्ट्रिय दैैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई २ करोड ७५ लाख ठगी गरेको अभियोगमा समेत उनी पक्राउ परेका थिए । जग्गा बैना बापतको उक्त रकम उनले फिर्ता पनि नगरेको र जग्गा पनि नदिएको भन्दै देवकोटाले प्रहरीमा जाहेरी दिएका थिए ।

तर, उनी पक्राउ परेको केहीबेरमै काठमाडौं प्रहरी परिसरका प्रमुख अशोक सिंहलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्तै बालुवाटारमा बोलाएर खड्कालाई छाड्न निर्देशन दिएका थिए । राजनीतिक शक्तिकै आडमा उनी रिहा भएका थिए ।

सम्बन्धित खबर