काठमाडौं । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुने भएको छ । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् ।
नियोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पावर यसै साता नेपाल आउने तय भएको हो । अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए ।
पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।