सर्वसाधारणको करोडभन्दा बढी रकम लिएर किरणोदय सहकारीका अध्यक्षसहित ८ जना फरार

जिल्ला अदालत काठडौंमा मुद्दा

खुमा वली  

काठमाडौं । काठमाडौंको कंलकीस्थित रहेको किरणोदय बहुउदेश्यीय सहकारी संस्थाका संचालकसहित आठजना विरुद्ध ठगीको मुद्दा परेको छ । बचतकर्ताको करोडभन्दा धेरै रकम ठगी गरेर उक्त सहकारीका संचालकसहित आठैजना सम्पर्कविहीन भएपछि जिल्ला अदालत काठडौंमा मुद्दा परेको हो । संस्थाका अध्यक्ष नरेन्द्र प्रकाश सुवेदी, उपाध्यक्ष भोला बिक्रम सिंह, सचिव बिष्णु प्रसाद चापागाई र संचालक ओम प्रकाश सुवेदीसहित आठ जनाले एक आपसमा बाँडेर खाएको जाहेरीमा उल्लेख छ । बचतकर्ताहरुलाई आकर्षक ब्याज दिने र आफुलाई रकम आवश्यक पर्दा आफुले बचत गरेको रकम तथा ऋण समेत बिना झन्झट तुरुन्तै पाईन्छ भन्दै प्रलोभन पारेर रकम जम्मा गर्न लगाएको पीडितहरुको आरोप छ ।

अनुसन्धानका क्रममा बचतकर्ताहरुको कुल १ करोड उनीहरुले ठगी गरेको पुष्टि समेत भइसकेको छ । यस्तै उक्त सहकारीका समितिहरुले केही बचतकर्तालाई रकम फिर्ता लिनुहोस् भन्दै बैंकमा रकम नभएको खाली चेक दिएको समेत पीडितको भनाई ।

पीडित दिपक भट्टराईले बयानमा भनेका छन,“कलंकी स्थित रहेको किरणोदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र प्रकाश सुवेदी, उपाध्यक्ष भोला बिक्रम सिंह, सचिव बिष्णु प्रसाद चापागाई र संचालक ओम प्रकाश सुवेदीले सहकारीमा रकम बचत गरी राख्नु, आकर्षक ब्याज दिन्छौ, आफुलाई रकम आबश्यक पर्दा आफुले बचत गरेको रकम तथा ऋण समेत बिना झन्झट तुरुन्तै पाईन्छ भन्दै २०७६ माघ १० गते देखी दुई लाख एक्तिस हजार जम्मा गरेको रकम फिर्ता नदिई बिभिन्न बाहाना गरी झुक्याई,आ(आँफैले बाँडी खाई ठगी गरेर सम्पर्कविहीन छन ।” साथै उनले कानुन बमोजिम कारबाहीको मागसमेत गरेका छन् ।

उनीहरुले एघार जनाको गरी कुल एक करोड अट्सठ्ठी हजार पाँच सय सतासी रुपैयाँ हिनामिना तथा अपचलन गरी ठगी गरेका छन् ।
“कलंकी स्थित रहेको किरणोदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र प्रकाश सुवेदीसहितकोे कुरामा विश्वास गरी सो सहकारी संस्थामा मैले २०७७ असोज १२ गतेबाट २५ लाख र कृष्ण प्रसाद उप्रेतीले सोही मितिबाट तिस लाख रकम बचत गरेकोमा हामीहरुलाई रकम आवश्यक परेकोले बचत गरेको रकम फिर्ता माग गर्दा निज प्रतिवादीहरुले उक्त रकम फिर्ता नदिई बिभिन्न बाहाना गरेर फरार छन्,” उनीहरुले बयानमा भनेका छन् ।
साथै कानुनबमोजिमो कारबाहीसहित आफूहरुले उक्त सहकारीमा जम्मा गरेको रकम फिर्ता गर्न पीडितहरुको माग छ ।