रविलाई गृहमन्त्री नबाएको भन्दै जुम्लामा ‘आत्मदाह’को प्रयास, को हुन् उनी ?

दियो पोस्ट  

काठमाडौं । जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एकजना यूवाले आत्महत्याको प्रयास गरेका हुन्। कोहहलपुर नगरपालिका–१० मा स्थायी घर भएका वर्ष ४० का गोर्कण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए।

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाईटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन्।