घनश्याम भुसाल सडक दुर्घटनामा घाइते, सिभिल अस्पतालमा भर्ना

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।