मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले सपथ, को–को बने मन्त्री ?

माओवादी सहभागी भएन

दियो पोस्ट  

काठमाडौं । मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका मन्त्री सामेल भएका छन् । सत्तारुढ दल माओवादी केन्द्रले भने मन्त्री अस्वीकार गरेको छ । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी नभएको हो ।