निक्षेप तथा कर्जा सुरक्षण कोषमा ‘चोरलाई चौतारो’ !

दियो पोस्ट  

 

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा गत वर्ष ६० करोड काण्ड निकै चर्चामा थियो । २०७८ पौष देखि २०७९ वैशाख सम्म सेन्चुरी कमर्सियल बैंकमा ६० करोड देखि ७० करोड सम्म कल डिपोजिटमा राखिएको उक्त घटना चर्चा र विवादमा फसेको थियो । उक्त विषयमा दियोपोस्ट डटकमले पहिलो पटक समाचार प्रकाशन गरेको थियो ।

कोषमा ७ वटा लगानी समिति बैठक बस्दा समेत पनि सो रकम लगानी हुन नसकेको अवस्था थियो । उक्त प्रकरणबारे समाचार आएपछि कोषका प्रवक्ता तथा आन्तरिक लेखा परीक्षण विभागका विगीय प्रमुख विनोद पन्तले यो नियमित प्रक्रिया हो भन्दै ढाकछोप गरेका थिए ।

एक त आन्तरिक लेखा परीक्षण विभागका विभागीय प्रमुखले गल्ती औलाउने ठाउँमा ढाकछोप गर्नु र लगानी समितिका संयोजकले मलाई थाहा भएन भन्नु आफैमा रहस्यमयी थियो । कोष भित्रको यही आर्थिक अपराधलाई लिएर तत्कालिन गैरकानुनी रुपमा भित्र्याइएका अर्जुन भण्डारी सिईओबाट बर्खास्त भएर मन्त्रालय तानिए । तर, कोषले आन्तरिक लेखा लेखा परिक्षणमा भने गुपचुप पारिएको थियो । त्यतिमात्रै होइन महालेखा परिक्षक कार्यालयले समेत गल्ती औँल्याउनुपर्ने कर्मचारीहरु नै बताउँछन् । तर कोषकै लेखा परिक्षण समिति मौन बस्नुलाई रहस्यमयी रुपमा हेरिएको छ ।

उनै कोषको रकम गैरकानुनी रुपमा अपचलन हुँदा आर्थिक अपराधमा संलग्न पन्तलाई प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले लेखा विभागकै जिम्मा दिएको छ। यस कार्यमा मुख्य भूमिका कोषका प्रशासन विभागका विभागीय प्रमुख अच्यूत पन्तको रहेको छ । किन की दुई पन्त गोरखाका हुन् ।

एक पन्त प्रशासन अर्को पन्त लेखाको नेतृत्वमा रहँदा सिईओ समेत मस्त छन् । उनीहरुलाई सिईओ घिमिरेको संरक्षण रहेको कोषकै कर्मचारी बताउँछन् । ‘कोषमा यतिबेला चोरलाई चौतारो भन्ने उखान चरितार्थ भएको छ । जसले कोष भित्रको आर्थिक अपराध ढाकछोप गर्ने काम गरे उनलाई नै लेखा विभागको चाबी दिइएको छ,’ एक कर्मचारी भन्छन् ।

सम्बन्धित खबर