पार्टीको बैठकअघि रवि र प्रधानमन्त्री प्रचण्डबीच भेट

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनः नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् ।