निक्षेप तथा कर्जा सुरक्षण कोष भित्र ‘भिषा संचालक’को चर्चा : २२ अर्ब रुपैयाँ कसले जोगाउने ?

दियो पोस्ट  

 

काठमाडौं । नेपाल सरकारको स्वामित्व र लगानी रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषमा एक जना विज्ञ संचालन नियुक्त हुने गर्दछन् । तर, तिनै विज्ञ संचालक कोष प्रवेश गरेको ३ वर्ष पुग्दा पनि कोष भित्रको ६०/७० करोड रुपैयाँमा ४ महिनासम्म कुनै निजि बैंकले रजाइँ गरेको घटनाबारे बेखबर थिए । जबकी लगानी समितिको संयोजक उनै हुन् । त्यति मात्रै होइन उनले लगानी योग्य रकम कहाँ कति छ भनेर माग्ने अधिकार समेत उनैलाई छ । गत वर्ष कोषको ६० करोड रुपैयाँ सेन्चुरी बैंकको कल एकाउन्टमा राखेको घटनामा संचालक समितिको सदस्यको हैसियतले ती संचालक पनि संलग्न छन् । त्यतिबेला कोषलाई २ करोडभन्दा बढी घाटा भएको लेखा विभागको निष्कर्ष छ । तर, घाटामा पुर्याउनेमाथि कारबाही गर्न संचालक समितिमा प्रवेश समेत नहुनु दुर्भाग्य हो ।

उल्टो आन्तरिक लेखा परिक्षणबाट गल्ती औँल्याउनुको सट्टा ढाकछोप गर्ने विज्ञप्ति आयो । यसले नेपाल सरकारको स्वमित्व रहेको कोषभित्र कतिसम्म अनियमितता रहेछ भन्ने छर्लैलंगै देखाउँछ ।
कोष भित्रको लेखा परिक्षण समिति पनि यति विघ्न अनियमिततामा डुबेको छ की आलप प्रमुखलाई कारबाही गर्ने आँट समेत उनीहरुसँग छैन । जब बाहिरका लेखा परिक्षकले यो गल्ती औँल्याए तब संचालक समिति बैठकमा तनाव भयो ।
तत्कालिन संचालक समिति अध्यक्षले लगानी समितिका अध्यक्षलाई कारबाही गर्नेसम्मको धम्की दिएका थिए । ती संचालक घटना लुकाउन मै मस्त थिए । किनकी उक्त अनियमिततामा उनले संरक्षण गर्नु आफैमा शंकाष्पद रहेको कोष भित्र चर्चा हुने गरेको छ ।

कोषमा  पाैडेल थरका ती संचालकलाई ‘सेन्चुरी संचालक’ व्यङ्ग्य गर्ने गरिएको छ ।

कोष भित्र पन्त थरका एक कर्मचारीलाई सीईओ रमेश घिमिरेको मिलेमतोमा कर्मचारी सेवा विनियमावली २०७५ को विनियम १४ विपरित पदपूर्ति गरी प्रोत्साहन गर्न लोक सेवा आयोगमा पठाएर स्वीकृतिसमेत ल्याइसकेको छ । र पदपूर्तिको प्रक्रिया समेत सुरुगरिसकेको छ । यस्तो घटना घटाएको ९ महिना नपुग्दै उनलाई लेखा विभागको जिम्मेवारी समेत सुम्पेर लगानी समितिको सदस्य सचिव बनाइएको छ । यसले कोष भित्र आफन्तवादको जरा गढेको देखाउँछ ।
कोषका अर्का एक विज्ञ संचालक जो नेपालको लेखापरिक्षण सम्बन्धी ठूला–ठूला पद धारणा गरिसकेका छन् । उनी आफ्नाे अन्डरमा नेपाल सरकारको सचिव समेत रहेर काम गरीसकेको गफ लगाउने गरेका छन् । तर सचिव स्तरीय व्यक्ति अध्यक्ष भएको संस्थामा संचालक समितिको सदस्य भएर आएका छन् । कोष भित्र ती संचालक अष्ट्रेलियाको पिआरधारी भएको चर्चा छ । त्यही चर्चा गरेको अभियोगमा एक विभागीय प्रमुखलाई भित्तामा पुर्याएको चर्चा हुने गर्दछ ।
उनलाई लेखापरीक्षण समितिको संयोजकमा नाम प्रस्ताव नगरेको कारण कोषका नायव प्रमुख कार्यकारीलाई पनि सोही अवस्थामा पु¥याइदिएका छन् । जवकी उनलाई उक्त समितिको संयोजक नबनाउने कार्य दुवै पटक संचालक समितिका अध्यक्षले गरेका हुन् । किन कि मन्त्रालयले सहसचिवलाई बाहिर जसले जस्तोसुकै पद धारणा गरेको भए पनि एक विज्ञ संचालक भएर आएपछि त्यो व्यक्ति सोतह सहसचिवको अन्डरमा बस्नुपर्छ । नबसे संचालक नबन भन्दा पनि पद छोड्दैनन् बरु निरिह कर्मचारीहरुलाई बदला लिईरहेका छन् ।

जवकी लगानी समितिमा बसेर कोषका प्रमुख कार्यकारीको गलत कामको रोकथाम गर्न सक्ने पद भनेको नायव प्रमुख कार्यकारी अधिकृत नै हो । किनकी उसले उसबाट कुनै कुराको आश गर्नु पर्दैन । अन्य कर्मचारी प्रमुख कार्यकारीको अनैतिक कार्यको रोकथाम गर्नसक्ने हैसियत राख्दैनन् ।

 विज्ञ संचालकलाई चाहिएको अमेरिकाको भिषा

कोष भित्र अर्का एक विज्ञ संचालकले पटक पटक प्रयास गर्दा पनि अमेरिकाको भिषा पाउन सकेनन् । उनले उक्त व्यहोरा कोषका प्रमुख कार्यकारी अधिकृत समक्ष राखेका थिए । तर, आफ्नो नजरमा गिराउन खप्पिस सीईओ घिमिरेले ती संचालकलाई अमेरिकाको कर्जा सुरक्षण गर्ने संस्थाको भ्रमण गर्ने प्रस्ताव पेश गर्छन् तर समय बदलिदिए । तत्कालिन अध्यक्षले उक्त प्रस्ताव अस्विकार गरिदिए । त्यसपछि संचालक स्वयमं आफै अध्यक्ष समक्ष पुगेर भिषा माग्दै याचना गर्न पुगेका थिए । तर, ती अध्यक्षले तत्कालै अस्विकार गरिदिएका थिए ।

ती संचालकले कोषका अध्यक्षलाई भ्रमण नगएपनि भिसासम्म लगाउने कार्य अगाडी बडाउन अनुनय गरेका थिए । तर संचालक समितिका अध्यक्ष झनै नैनिकवान बन्दै मागेर म कुनै पनि काम गर्दिन भन्ने जवाफ दिएपछि उनी अक्क न बक्क भएका थिए । त्यसपछि ती विज्ञ संचालक अध्यक्षको कार्य कक्षबाट बाहिरिएका थिए । आज कोषका प्रत्येक कर्मचारीले यि संचालकलाई ‘भिसा संचालक’ भनेर उडाउने गरेका छन् ।

हुन त कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरेले कोषको रकम खर्चिएर संचालकलाई खरिद गर्न समेत लागि परेका घटना कोषका कर्मचारी सुनाउँछन् । उनले केही समयअघि कोष संस्थापक सदस्य रहेको एसिएसआईसीको मिटिङमा केवल अध्यक्ष प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत जाने गरेको स्थानमा संचालक र मन्त्रालयको प्रतिनिधि समेत थपेर भ्रमण लाने परम्परा बसाए । जसले राज्यको लाखौँ रुपैयाँ स्वाह भयो ।
सोही अनैतिक कार्यको विरोध गरेको भन्दै नायव प्रमुख कार्यकारी अधिकृतलाई कुनै पनि समितिमा राखिएको छैन । त्यति मात्रै होइन उनले कोषको कुनै संलग्न नभएको देश अमेरिका यूरोपमा समेत संचालकहरुलाई भ्रमण लान प्रस्ताव गरेर लज्जास्पद काम गरेका छन् । उनको अनैतिक कामको विरोध गर्नेलाई कोष भित्रै यताउता पार्ने चलन उनैले शुरु गरेका छन् ।

आफ्नै कार्यकालमा तीनवटा शाखा कार्यालय कार्यविहिन अवस्थामा पुग्दा समेत नयाँ कार्यको खोजी र अध्ययन गर्नुको सट्टा भए गरेको काम समेत गुमाउने तर अवैधानिक कार्य गर्ने उद्देश्यले कोषमा सँधै षडयन्त्र रचेर बस्ने सीईओ घिमिरले कहिले अख्तियारको कारबाहीको दायरामा आउलान् ? यी माथि उल्लेखित कतिपय घटना तत्कालीन राजस्व सचिव तथा कोषका संचालक समितिको अध्यक्षकै कार्य कक्षमा भएको समेत कोषका एक अधिकारीको दाबी छ । कतिपय घटनाको साक्षी र प्रत्यक्षदर्शी समेत उनी नै भएको स्रोतको दाबी छ । तीनै व्यक्ति यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानुन कार्यान्वयनको नेतृत्वमा पुगेका छन् ।

कोषका एक अधिकारीका अनुसार अमेरिका भिषा पाउन माग गर्ने ती संचालकले प्रमुख कार्यकारी अधिकृतलाई सबै काममा संरक्षण गर्ने गरेका छन् । उनकै संरक्षणमा विना प्रतिस्पर्धा अन्तरिक लेखापरिक्षको नियुक्ती भएको बताइएको छ । उनकै संरक्षणमा संचालक समितिको स्वीकृति नलिई कोषमा दरवन्दी थप गर्न ओएण्डएम गराइएको छ । दुवै काम गर्न एकै व्यक्ति सिए कृष्ण प्रसाद आचार्यलाई दिएको छ । कृष्ण प्रसाद आचार्य, कोषका विज्ञ संचालक र सीईओ घिमिरेबीच स्वार्थको सम्बन्ध रहेको कोषकै एक संचालक बताउँछन् । विज्ञ संचालक र सिए आचार्य दुवै लेखापरीक्षण सम्बन्धी संगठनको अध्यक्ष रहिसकेका छन् । एउटै पेशामा कार्यरत रहेका सिइओ एसबीआई बैंकमा कम्पनी सचिव हुँदा सिए आचार्य संचय कोषको प्रतिनिधित्व गर्दै बैंकमा संचालक भएर आएका थिए । सिए आचाय सँग नैतिकता भएको भए आफै ओएण्डएम गरेबापत त्यही आर्थिक वर्षमा रकम भुक्तानी लिने र त्यही आर्थिक वर्षको आलेप गर्न आउने थिएनन् । उनीहरुको षडयन्त्र गर्ने र लन्च डिनर राजधानीको तारे होटलमा हुने गरेको छ । कोषकै एक अधिकारीले मोरङ्गमा ५ विघा जग्गामा प्लटिङ्ग गरेर धन्दा चलाइरहेको स्रोतको भनाई छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरे कुनै समय पूर्व अध्यक्षलाई मन्त्रालयबाट सरुवा गर्ने कार्यमा समेत लागेका थिए । तर, घिमिरेले सरुवा गरेका उनी भ्रष्टाचार नियन्त्रण गर्ने ठाउँको नेतृत्वदायी भूमिकामा पो पुगेका छन् । उनको अख्तियार सरुवाले घिमिरेलाई भित्र भित्रै तनाव बढेको कोष भित्र चर्चा छ ।

तीनै सचिव कोषको तेतृत्वमा रहँदा आर्थिक अपराध हुन पाएको थिएन । यदि उनी अध्यक्ष भएको भए षडयन्त्रपूर्वक हुन लागेको अवैधानिक पदपूर्ति रोकिने थियो । कोष भित्र यतिसम्म छकी अर्को अध्यक्ष नआउँदै विदाइको प्रपञ्ज पनि मिति गत पुस २९ गते संचालक समिति बैठकमै रचिएको थियो । उनले अर्को अध्यक्ष नआएसम्म मै आउछु भने पनि विज्ञ संचालक र सिइओको इसारामा विदाइको माला लुकाइएको घटना बेला बेला चर्चा हुने गरको छ ।

अध्यक्ष सतर्क हुँदा हुँदै पनि एक जना विज्ञ संचालकको सहयोगमा पौष ३० गते बोर्डको निर्णयको सारांश विपरित विज्ञ संचालक कोषमा आई माईन्युट लेखिएको थियो । लगानी समितिबाट गलत लगानी गर्न नदिने र आफुलाई लेखापरीक्षण समितिको संयोजक हुन नदिने कर्मचारीलाई हटाउने गरी माइनुट तयार गरिएको थियो । जसमा अध्यक्षको दस्तखत समेत झुक्याएर लिइएको चर्चा हुने गरेको छ । सिइओ घिमिरेलाई अव कोषमा रहेको करिव २२ अर्व लगानीमा जे जस्तो तवरबाट गरे पनि रोक्ने कोही नभएको कोष भित्रका कर्मचारीको दाबी छ । पूर्व अध्यक्षलाई विज्ञ संचालक र सिइओले यस्तो गलत निर्णय गराएर फासाएरै छाडेको कोष भित्र चर्चा हुने गरेको छ ।