उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ ।

संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो ।

नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा अगाडि सारेको छ ।

सम्बन्धित खबर