काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको विश्वासको मत नदिने अडान कायमै राखेपछि ओली पार्टी सचिवालय बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए ।
प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला । ठीकै छ ।’
सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि सरकार ढल्ने अवस्थामा पुगेको छ ।