निक्षेप तथा कर्जा सुरक्षण कोषमा बेथितिको चाङ्ग : ५० लाखको पार्टेशनमा सीईओ घिमिरेको ध्यान

दियो पोस्ट  

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्ष्ँण कोषमा नितिगत अनियमितताको श्रङ्खला शुरु भएको छ ।
कोषमा कर्मचारी सेवा विनियमावलीमा उल्लेखित १३८ वटा विनियम छन् । ती मध्ये विनियम १२,१३ र १४ विपरित रिक्त भएका पदको पदपूर्ति गर्नुपर्छ । तर, कोषका अधिकारीहरु भविष्यमा रिक्त रहने पदका लागि समेत विज्ञापन गरिरहेका छन् । यसले कोष भित्र नितिगत भ्रष्टाचारको उजागर गर्दछ ।
कोषका उच्च अधिकारीहरुले कोष संचालन गर्न बनेको निक्षेप तथा कर्जा सुरक्षण ऐन २०७३ को दफा ६५ र ६६ का एक दर्जन भन्दा बढी नियम विनियमहरु बनाउँन बाँकी छ । उक्त विनियम समेत नबनाएर उच्च तहमा चलखेलको बाटो खुुला गरिएको छ ।
कोषको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएर आएका रमेश घिमिरेले वर्षौं वितिसक्दा पनि कोष संचालक गर्नको लागि एउटा छुटै रणनीति योजना नसकेर आफ्नो योग्यता प्रमाणित गरेको कोषकै कर्मचारीहरु बताउँछन् ।

तर, कोष भित्र रहेको २२ अर्ब रुपैयाँमा भने उनले आँखा लगाइसकेका छन् । सीईओ घिमिरे र एक विज्ञ संचालकको मिलेमतोमा कोष संचालन सम्बन्धी ऐनको दफा ४४ मा हुँदै नभएको गतिविधिमा उनीहरु लागेका छन् । उनीहरुले लगानी विनियमावली नै बनाएर उक्त रकममा चलखेलको बाटो खोलेको स्रोतको दाबी छ ।

कोषको कर्जा सुरक्षण नियमावली २०७५ को विनियम ४४ को उप नियम २ लाई अध्ययन नै नगरी कोषका उच्च अधिकारीहरुले सबै प्रकारका कर्जाको दावीमा २५ प्रतिशत कर्जा असुलउपर नगरेको दफा लगाई दावी अस्वीकृत गर्ने प्रपञ्च रचेका छन् ।

बैंककै केही अधिकारीहरु कोषका पदाधिकारीले हचुवाको भरमा लगानी गर्ने प्रस्ताव ल्याएको बताउँछन् । ‘जसरी पनि कर्जा सुरक्षण गराउँ, क्षतिपूर्ति दावी नगर, दावी दिइहाले पनि १ महिनामा मै फिर्ता गर, यो भन्दा माथी उठेर काम गर्न सकेका छैनन्,’ एक बैंकर भन्छन्,‘पहिला कोषको कर्मचारीले आफ्नो संस्था स्थापनाको उद्देश्य, लक्ष्य, भावना ऐन, नियम पढेर काम गर्नु प¥यो । केवल सुगा रटाई गरेर बजारीकरण गरेर मात्र कर्जा सुरक्षण हुँदैन ।

महिनामा दुरुपयोग भएको कर्जाको अशुलउपर हुने भए हामी किन कोषमा क्षतिपूर्ति दावी गर्ने थियौं र ?’
सीईओ घिमिरे नाफामूखि कम्पनि एनसेलको कानुनी सल्लाहाकारको भूमिकामा लामो समय काम गरेका कारण उनले कोषलाई समेत एनसेलकै ढाँचामा लान खोजेको आरोप कोष भित्रै लगाउने गरिन्छ । स्मरण रहोस् ६० अर्बभन्दा बढी कर छली गर्ने एनसेलको कानुनी सल्लाहकार रहेका घिमिरेको हातमा कोषको अर्बौंको रकम रहेको छ ।

गरिवी निवारण गर्न, निमुखा जनतालाई बैंकिंग पहुँच पु¥याउने र बैंक तथा वित्तीय संस्थालाई दुर्गम, पिछडिएको क्षेत्रमा रहेको आम जनतालाई बैंकिङ्ग पहुँच पुराउन सहयोग गर्न खोलिएको कोषलाई नाफा खोरहरुले डुबाउने खेलमा लागेको कर्मचारहरु नै बताउँछन् । कोषका केही कर्मचारीका अनुसार कोष भित्र ‘छाडा तन्त्र व्यप्त छ । कोषकै एक पूर्वअधिकारीको पालामा ठूला भौतिक संरचना निर्माण भएका थिए ।
ती अधिकारीले विभिन्न ७ स्थानमा शाखा कार्यालय समेत स्थापना गर्न सफल भएका थिए । त्यतीमात्र होइन ११ अर्व कर्जा सुरक्षण रकमलाई २ खर्व ६० अर्वमा पुर्याइएको थियो ।

६ अर्वको कोषको पूँजीलाई १७ अर्वमा पुर्याइएको घटना कर्मचारीमा प्रशंशाको विषय बन्ने गरेको छ ।
कोषका पूर्व पदाधिकारीले गरेको सकारात्मक गतिलाई समात्ने पक्षमा हालमा सीईओ घिमिरे छैनन् । उनको ध्यान केवल ५० लाखको लागत अनुमान तयार पारेर कोष केन्द्रीय कार्यलयको भवनका दुई तल्लामा अमानतमा पार्टेशन गर्न तिर छ । त्यतिमात्र हैन सामान्य स्टेशनरी, फर्निचर र छपाई गर्ने कार्यमा समेत घिमिरेको ध्यान तल्लिन छ ।

बेरोजगारलाई रोजगारी दिने मात्रै होइन कृषि क्रान्ति नै गर्नुपर्ने कर्जा सुरक्षण कोष विभिन्न शक्ति केन्द्रको स्वार्थको केन्द्रविन्दु बनेको कोषका कर्मचारीहरु नै बताउँछन् । खाने मुखलाई जुँगाले चेक्दैन भन्ने चर्चित नेपाली उखान जस्तै कोषका उच्च अधिकारी कसरी हुन्छ कोषको २२ अर्ब रकममा खेलोमेलो गर्ने लाइनमा छन् ।